Wednesday, November 23, 2011

Poem: Behind My Screen


ओझेल्परेका बिमबहरु


शहरका ति विकाशे बत्तीहरु; छोड्देउ
यहाँ पैँसा नलाग्ने आफ्नै जुन हराएको रात
आफुलाई भुली ताराहरु झुल्किन विर्सेको रात
जुन्किरिले आफ्नो चमक हराइ अल्मलिएको रात
अन्योलतामा टोलाएका मेरा हरेक रात
आफैलाई घरी घरी ऐँठन पारि
मेरा छाँया भित्रका बिमबहरु
झलमल्ल हुन्छन ...
मलाई गिजाइरहन्छन्
मलाई घोचिरहन्छन्
मलाई चिथोरिरहन्छन्
मलाई पुकारिरहन्छन् ...

म आफै त न्याय के हो महसुस गरेको छैन
स्वातन्त्रता कस्तो हुन्छ अनुभुत गरेको छैन
"म फलानो हुँ" भनि गौरबा गर्न पाएको छैन
पराधिनताहरुलाई चुनौती दिइ
छाती फुलाएर बाँच्न पाएको छैन
कसरी मेरा विलापहरुलाई
म न्याय दिलाउँ ?
कसरी मेरा उद्गारहरुलाई
म साकार्ता दिलाउँ ?...

मेरा हरेक प्रायस हरु अर्ध रहन्छन्
मेरा हरेक पाउलाहरु निमोठिन्छन्
मेरा समर्पणहरु हाँसो बनाइन्छन्
मेरा सृजनाहरु कुन्ठित हुन्छन् ...
कसरी ओझेलपरेका बिमबहरुलाई
म आकार दिउँ ?
फेरी यिनिहरु प्रश्फुटना नभई
मलाई राहात मिल्नेछैन
मुक्ती एकादेशको हुनेछ
...

उज्यालोमा त रङ्गि-चङ्गि
देखाउटिहरुमा आँखाहरु भुल्छन्
तर हरेक साँझा
अँधकारमा त उहि
ओझेल परेका बिमबहरु
यत्र-तत्र
अतितका कुराहरु
दु:खेका पिडाहरु
मुतु रेटिएका बेदनाहरु
देश लुटिएका पिडाहरु
पुत्रशोकमा आमाका आँसुहरु
बलत्कृत चेलीका चित्कारहरु
हाँस्न नपाएका उत्सवहरु
रुन नपाएका संवेदनाहरु ...


झल्झली आँखा अघाडी तेर्सिन्छन्
अस्मिता लुटिएका रातहरु
राजनितिका घातहरु
अत्यचारका लातहरु
पल-पल झस्काइ रहन्छन्
देशभक्तिका प्रतिज्ञाहरु
बलिदानका संकल्पहरु
युद्धका कथाहरु
विरका गाथाहरु
सङ्घर्षका डोपहरु ...

मेरो मानस्पटल भरी गुन्जिरहन्छन्
परिवर्तनका खाकाहरु
अभियानका योजनाहरु
सपनाका कुराहरु
मनका तृष्णाहरु
मायाका अङ्कुराहरु
भित्र-भित्रै सल्बलाईरहन्छन्
वाध्यताका भित्ताहरु कोथरिरहन्छन्

कुन्ठित परिस्थितिका कोठाहरुमा
यी पिडित बिमबहरुलाई
लुकाइराख्न / छोपिराख्न
ओझेल पारिराख्न
विवाश छु म ।

तर कसरी भावनाका लहरहरुलाई
म अलग्ग पारिदिउँ ?
वास्तविक्ताहरु केवल बिमबहरु बनेपाछि ...

तिमी भन्छौ भुलिदेउ ...
झुटो संसारमा
यथार्थ बोकेका बिमबहरु
अन्योलताले
अलपत्र परेका बिमबहरु
गरीब अभावले
धर्मराएका बिमबहरु
बनाउटिहरुले
कुण्ठा परेका बिमबहरु
जिवन धान्दा
अल्मलिएका बिमबहरु
स्वार्थपुर्ण पक्षपातले
ओझेलपरेका बिमबहरु ...

तर म सक्दिनँ
ती 

मेरा छाँया भित्र
झलमल्ल हुन्छन ...
मलाई गिजाइरहन्छन्
मलाई घोचिरहन्छन्
मलाई चिथोरिरहन्छन्
मलाई पुकारिरहन्छन् ...
झल्झली आँखा अघाडी तेर्सिन्छन्
पल-पल झस्काइ रहन्छन्
मेरो मानस्पटल भरी गुन्जिरहन्छन्

भित्र-भित्रै सल्बलाईरहन्छन्
वाध्यताका भित्ताहरु कोथरिरहन्छन्
...




                                             A. K. Rana Sampang 'Ekalabya'



1 comment:

  1. एउटा जटिल समय चित्र ! साधुवाद छ अशोकजी तपाईंको शिल्पलाई !

    ReplyDelete