I Experience Alive - Nepali Poem


जिउदो अनुभुत गर्छु


चट्याङ्द्वारा घायल चल्लाहरु
चिलले अङ्गालेर बँचायो
चट्याङ देवता; चिल साम्राज्यवादी भक्षक
तिमीसँगै बिस्व समाजले यो कसरी पचायो ?
म त घायलहरुबिच च्यापिएको बाबुरो
मेरो लागि त्यही महान जसले मानवता अटायो

म निमुखा बचेराहरुसँगै
ती घायल लडाकुहरुसँगै
भुलेर अस्तित्वहिनता र अन्योलतालाई
छामेर भक्षी चिलको उद्धारतालाई
एक पटक फेरि
'आमा' अनुभुत गर्छु
जिउदो अनुभुत गर्छु

अब म अजङ्गा चिलहरु जस्तै अनि चिलहरुसँगै
खुला आकाशमा आनन्दसँग उड्नेछु
चट्याङ्गको साँघातिक बज्रहरु छलेर...

अब हरेक बचेरामा पखेटा हुनेछ चिलहरुमा जस्तै
प्रत्यकले चट्याङ्गलाई चुनौती दिनेछ
जिवनका कण कणमा सृजना घोलेर...

आज-भोलि ...

जिउदो साहस गनाउदैछ
यी मरेका लासहरुमा ...

तिमीले सुनाइ दिनु

ती अतितका घाउँहरु अलौकिक सक्तिपुन्ज बनेका छन भनेर
उसले आँगो निबाउन फ्यालेका झिल्काहरु ननिब्ने रांको बनेकाछन भनेर
 ...

चिलहरुसँग आत्मा पाइयो हामीमा जस्तै
तर चट्याङ देवमा त्यो भेटिएन 
चिलहरु न्यायमा स्थिर रहेछन्
तर पुजेको चट्याङमा त्यस्तो पाइएन
...

मानवता, समान अस्तित्व, स्वातन्त्रता ...
आशुहरु... पछिको आशाको सुनौलो ईन्द्रेणि
त्यो हिमालभन्दा उच्च शिर पार्न
एउटा फराकिलो खुला आकाश
वा!!!...
आमा
एक पटक फेरि
म जिउदो अनुभुत गर्छु । 


A.K. Rana Sampang 'Ekalabya' 



Comments

Popular Posts