Wednesday, July 24, 2013

"स्वीकारोक्ति साहित्य र स्वीकृत सिद्धान्तमा आधारित रुबाइयत"

खुला आकाशमा चम्कन्छौ भने त्यो तारा तिम्रै हो 
सधा प्रगती पथमा लम्कन्छौ भने यो सारा तिम्रै हो  
जिवन; जन्म र मृतु बिचको लीला यो सुइकार्य छ 
बाँचुन्जेल के लिन्छौ के दिन्छौ त्यो अभिभारा तिम्रै हो 

जन्मदेखी मृतु अनि मृतुपरान्त सासन चलिरहन्छ सत्यको 
वास्ताविक्तालाई स्विकार्नु नै हो मुल सार जिवन दर्शनको 
अस्तित्वको खोजिमा कतै भएको अस्तित्व नै गुम्दै छैन ? 
बाँच्नुको अर्थ गौरवमय बनाउनमै झल्कन्छ सान जिवनको 

Tuesday, July 23, 2013

तिम्रो प्रतिक्षामा

निराशाहरु जित्न आशा खोज्दै छु म तिम्रो प्रतिक्षामा
सुख छोडी दुखैको बाटो रोज्दै छु म तिम्रो प्रतिक्षामा

सयद बाटो अलग उद्धेश्य नि अलग थियो होला हाम्रो    
जुनै बाटो हिँडे नि जसो गरे नि अन्त्य निस्चित सब्को
पुनर्मिलन समजदारी अनि जिवनको आशामा सधैँ त्यो
देउँराली सम्जी चर्च गुम्पा ढोक्दै छु म तिम्रो प्रतिक्षामा


पिडा लुकाउन खोजे नि मन यो रुदो रहेछ अनयसै सम्झनामा
निस्टुरी भनि बिर्सन खोज्दा नि आइदिदो रहेछ सधैँ झजल्कोमा
एउटाको मुटु अर्कैको ढुक्ढुकी त्यती धेरै समय लाग्दैन तर  
आज-भोली यती धेरै आँशु पोख्दै छु म तिम्रो प्रतिक्षामा