Tuesday, May 21, 2013

Rubaiyat




उस्को हृदय महान छ त्यो चक्रवातलाई नै प्रेम गराउन सक्छ
उस्को आशा कहिलाई बिलाउन्न उ दु:खमा सदा रमाउन सक्छ
तिमीले सुनेनौ उस्को आवज, तिमीले चिन्दा नि चिनेनौ उस्लाई
मरेपछी नि आमालाई सलामी ठोक्न उस्को आत्मा आउन सक्छ



तिम्रो नाउँ भन्दा उज्वल अनि फराकिलो छ तिम्रो दृश्टी
तिम्रो सुन्दर्ता देखी सायद लजाउँछन यहाँ सारा सृष्टी
म त तिम्रो सुन्दर हृदयको ठुलो प्रशँसक भैसकेछु
कामना छ तिम्रो जिवनमा सदा भैरहोस खुशीको वृष्टी  



Sunday, May 12, 2013

यो जिन्दगी कसैलाई ...

यो जिन्दगी कसैलाई ...

यो जिन्दगी कसैलाई अवसरको मूल भयो
यो जिन्दगी कसैलाई बन्देजको झूल भयो

शान्तिको नाउँमा कैयौँ अपहेलना स्विकारिरहेँ
आँसु पिउनु भाग्य ठानी आफैलाई धिक्कारिरहेँ
यो जिन्दगी कसैलाई मरोभूमिको फुल भयो
यो जिन्दगी कसैलाई अवसरको मूल भयो

बुद्धको सन्तान आफू बेचिन्दा नि हाँसिरहेँ
मेरो अस्तित्व मास्न खोज्नेहरुबिच नै बाँचिरहेँ
यो जिन्दगी कसैलाई अनजानको भूल भयो
यो जिन्दगी कसैलाई अवसरको मूल भयो

मानवताको रक्षा गर्ने पुर्खाको रगत छ ममा
विरताको गाथा माटोको सुगन्ध ताजै छ ममा
यो जिन्दगी कसैलाई युद्धभूमिको 'टूल' भयो
यो जिन्दगी कसैलाई अवसरको मूल भयो

यो जिन्दगी कसैलाई ...