Friday, March 30, 2012

Haiku of Ekalabya



Haiku of Ekalabya






एकलब्य यो
राख्छ शिरमा गुरु
तर स्वतन्त्र




म; दाजु-भाई
समर्पित मान्छे हुँ
सबैको पिडा



रुनु के छ र ?
आफ्नो जातिको निम्ती
सहिद हुन्छ




मिठो सेल्रोटि
भित्र राखेर कान्छी
"पाउरोटी खा!"



त्यो पाउरोटी
नछुने माछे तर
मिठो छ आज




ठुली माथी छे
तल्लोघरे माइला
आँखा जुध्छ नि!



रमाइलो छ
तरुनी; मधु-पान
सधैँ उत्सव



सधैँ चडिन्छ
आनन्दको शिखर
अनी झरिन्छ




यो कोलाहल
मन तिम्रो यादमा
एक्लो संसार



भूकम्प जान्छ
तनमा घरि-घरी
पापी मायाले



मायाको दियो
निभेर होला आज
मन खिन्न छ




जिवन नदी
प्रकृतिसँग बग्छ
त्यो बग्नुपर्छ





अन्त्यको प्राप्ती 
चिहान रहेछ त्यो
बस्! यो जिन्दगी





Monday, March 26, 2012

Nepali Haiku of A. K. Rana Sampang 'Ekalabya'


Haiku (हाईकू)



जिन्दगी मेरो
निराशाको दहमा
कमल फुल



नआऊ तिमी
त्यो खुशीको नाउँमा
आँसु मात्र छ



स्वतन्त्र तिमी
फैलाऊ हातहरु
आकाश तिम्रो



म; मेरो मन
मर्दैन माया जस्तै
अविरल सृष्टि



हाँस्दै छु यहाँ
खुशी है'न दुखेर
बाकी जिन्दगी



काँडा भुलेर
जिवन फुल सम्झी
मुस्कुराउनु 




म यो दहमा
आँसु ल्यिइ पौडिएँ
त्यो माटो सम्झी




माया र माटो
जिवन र बाटो रे
वन्चित छु म



Thursday, March 22, 2012

Rubai: History, Concept, Writing Pattern/Structure & Poetry

Rubai Episode 1


                                 
Rubai Episode 2



                                   
                                                         Rubai Episode 3




Tuesday, March 20, 2012

Rubai




तिम्रो जिन्दगीको सहारा बन्ने प्रयाष गर्दा बोझ बन्न पुगेँ  
जूनिजूनी साथ दिने कसम खादा बिदा माज्ञौ जाऊ भन्न पुगेँ  
आफैलाई दुख्ने निर्णय खै कसरी किन गरेँ आफैलाई थाहा छैन 
अजम्बरी मायाको जग उठौन खोज्दा आफ्नै चिहान खन्न पुगेँ 




मेरो एस.एम.एस. दिलिट गर्नु अघी एक चोटी पड्नु तिमी
आफ्नो ठाउँबाट मेरो मायाको सतहसम्मा झर्नु तिमी
कस्सम! दुनियाँ त्यागेर तिमीलाई रोजे मैले हजार-हजारमा
यती हो, अब त्यो मनलाई जे सही लाग्छ त्यही गर्नु तिमी  


घरिघरी एकान्तमा झस्काउन मिठो याद बनी आउने छु म
तिम्रै लागि भनि त्यो अनन्तको खुशी बोकी ल्याउने छु म
सक्छौ भने मेरो मायाको दियो बाली राख्नु त्यो मनमा
जुन-तारा नदिए नि तिम्रो अँग-अँग मायाले सजाउने छु म 


धन्यवाद तिमीलाई, मेरो आँखा खोली दिएकोमा
मेरो एकोहोरो-अन्धोपनको बिरुध बोली दिएकोमा
मान्छे भन्नु मात्रै, कहिले-कही पषुसरह भइन्दो रहेछ
वास्तविक्तामा जिउँन भ्रमहरु जरैसँग पोली दिएकोमा 






Sunday, March 18, 2012

Ruabi: सकिन





त्यो कोलाहालमा एक्लो हुँदा तिम्रो साथ हुन सकिन
ती परेली अनि कोमल ओठहरु कहिले नि छुन सकिन
आकास झै फराकिलो मेरो माया पुजा गर्दैथिएँ तर के भो'
आज आफ्नै छाती चिरिन्दा नि मुटु मिची रुन सकिन

Friday, March 16, 2012

Nepali Rubaiyat Book; 'SABDA ASTRA' 2010 releasing program


Ekalabya & His Last Moment in Nepal





Some Latest Rubaiyat











आफू; वस्ताविक म भएर जिउन सिकेको छु यहाँ
के भन्छौ, एउट सम्मृद्ध जिवन देखेको छु यहाँ
आफु नमरी स्वर्ग देख्नेको कुन कुरा सुन्नु र मन्नु  
स्वातन्त्रको गित; जिन्दगीको अर्थ भेटेको छु यहाँ



केहि नभए पनि यहाँ नयाँ जिवन जिउने आशा त छ
हरेक व्यक्तिको आँखामा मुस्कुराउने मिठो भाषा त छ
त्यो अन्योल्त; दु:ख-कस्ट; भयको संसारबाट मुक्त हुँदै
स्वातन्त्र भई अधुरो सपना पुरा गर्ने त्यो अभिलाशा त छ



पल-पल  रङ्ग बधल्ने यो संसार साच्चै नौँ  रङ्गी हो
आफ्नै मुटु  रेटि-रेटी दु:ख-गित सुनाउने साराङ्गी यो
खुशी ल्याउन रेट्दा-रेट्दै खिही सक्यो यस्को दुब्लो तार
अत: यो तिम्रो स्वार्थी संसारले दुखेरै जिवन बैरागी भो' 



तिम्रो माया हरेक छण आफु एक्लो हुँदा महसुस गरेको छु 
त्यो पल कसरी भन्नौ पराहिको तिमी हुँदा म जिउदै मरेको छु 
त्यो कथा-व्यथा सम्झन चाहन्न; त्यो पल दोरिएको सहन्न 
नौँलो सँसारमा अतित भुलाएर फेरी जिउँने अभिलाशा भरेको छु  




आफूसँग हुँदा छदै थियो; तिमी पराहिको हुँदा पनि त माया गरेकै थिएँ
तिमी टाडिएको पल यो मुटु धुरुधुरु रुदा पनि त माया गरेकै थिएँ
मलाई सम्झी फर्की आयौ र फेरी अर्कैसँगा जादै छौ; स्वतन्त्र तिमी
त्यो घात-बियोगको आँशुले आफुलाई धुदा पनि त माया गरेकै थिएँ



कती कुरा यहाँ आफुले चाहेर पनि गर्न सकिन्न रहेछ
मुटु भरी कसैको माया भएर पनि भन्न सकिन्न रहेछ
सुने जस्तो; देखे जस्तो सो चे जस्तो सजिलो कहाँ हुन्छ र
आफ्नो सबै कुरा दिएर पनि माया भर्न सकिन्न रहेछ 



तिमी माया दिनलाई हो भन्छौ भने मागे भन्द बडी दिएकै छु
आफुलाई च्यती तिमी फाटेको चोली त्यो हरेक चोटी सिहेकै छु
भए जती सिद्धिएर ज्यानै सुम्पिएको थिएँ तै' पनि तिमीलाई पुगेन
निस्टुरि-स्वार्थी तिमी कि म; सम्झि-सम्झी अज-भोली पिएकै छु