Nepali Haiku of A. K. Rana Sampang 'Ekalabya'


Haiku (हाईकू)



जिन्दगी मेरो
निराशाको दहमा
कमल फुल



नआऊ तिमी
त्यो खुशीको नाउँमा
आँसु मात्र छ



स्वतन्त्र तिमी
फैलाऊ हातहरु
आकाश तिम्रो



म; मेरो मन
मर्दैन माया जस्तै
अविरल सृष्टि



हाँस्दै छु यहाँ
खुशी है'न दुखेर
बाकी जिन्दगी



काँडा भुलेर
जिवन फुल सम्झी
मुस्कुराउनु 




म यो दहमा
आँसु ल्यिइ पौडिएँ
त्यो माटो सम्झी




माया र माटो
जिवन र बाटो रे
वन्चित छु म



Comments

Popular Posts