Rubaiyat Collection 2012




तिम्रो जिन्दगीको सहारा बन्ने प्रयाष गर्दा बोझ बन्न पुगेँ  
जूनिजूनी साथ दिने कसम खादा बिदा माज्ञौ जाऊ भन्न पुगेँ  
आफैलाई दुख्ने निर्णय खै कसरी किन गरेँ आफैलाई थाहा छैन 
अजम्बरी मायाको जग उठौन खोज्दा आफ्नै चिहान खन्न पुगेँ 



मेरो एस.एम.एस. दिलिट गर्नु अघी एक चोटी पड्नु तिमी
आफ्नो ठाउँबाट मेरो मायाको सतहसम्मा झर्नु तिमी
कस्सम! दुनियाँ त्यागेर तिमीलाई रोजे मैले हजार-हजारमा
यती हो, अब त्यो मनलाई जे सही लाग्छ त्यही गर्नु तिमी  



घरिघरी एकान्तमा झस्काउन मिठो याद बनी आउने छु म
तिम्रै लागि भनि त्यो अनन्तको खुशी बोकी ल्याउने छु म
सक्छौ भने मेरो मायाको दियो बाली राख्नु त्यो मनमा
जुन-तारा नदिए नि तिम्रो अँग-अँग मायाले सजाउने छु म 



धन्यवाद तिमीलाई, मेरो आँखा खोली दिएकोमा
मेरो एकोहोरो-अन्धोपनको बिरुध बोली दिएकोमा
मान्छे भन्नु मात्रै, कहिले-कही पषुसरह भइन्दो रहेछ
वास्तविक्तामा जिउँन भ्रमहरु जरैसँग पोली दिएकोमा 







Comments