Ruabi - Nepali Rubaiyat Collection 4


टाडा हुँदा तिमी खुशी हुन्छौ भने तिम्रो नजिक आउदिनँ म
भेट्ने प्रयास गर्दा तिमी भाडिन्छौ भने तिम्रो गाउँ धाउदिनँ म
थाहा छ मेरो फुल काडा भो'; त्यो तिम्रो आँखाको कसिङ्गार
कसैको खुशी खोसिखोसी त्यो औसरवादी माया लाउदिनँ म




थाहा छ, कहिले नि अँगाल्न नसकिने जुनलाई माया गर्दैछु
बिछोडको बेदनामा छिया-छिया भई रुनलाई माया गर्दैछु
त्यो सपना र यो वास्ताविक्ता कता हो कता आकश पताल
जानि-जानी मानिसको भिडमा एक्लो हुनलाई माया गर्दैछु



भमरा झै तिम्रो अँग-अँग चुम्नेछु फुल झै मुस्कुराई रहनु
संगी; आफन्ता दाजु-भाईले रुवाउँछन कहिलेकही सहनु
न्यानो अँगालोमा बाधी तिमीलाई आनन्दको संसार लानेछु
मनको कुरा मनले सुन्छ सुख-दुख सबै जे छ मनमा कहनु



त्यो कोलाहालमा एक्लो हुँदा तिम्रो साथ हुन सकिन
ती परेली अनि कोमल ओठहरु कहिले नि छुन सकिन
आकास झै फराकिलो मेरो माया पुजा गर्दैथिएँ तर के भो'
आज आफ्नै छाती चिरिन्दा नि मुटु मिची रुन सकिन 


Comments

Popular Posts