Nepali Poem




पुरानो डाइरिबाट (Written when I was about to leave my hut before moving to USA) 

एउटा बलिको बोको


त्यो पहाडी भेगको गडेउलो
पल्लो बारिबाट
राजनीतिक्; रसायन लगाएर
ओल्लो बारितिर लखेटिएको
त्यो भुमिमा सबै आफन्तै-आफन्ता
त्यै पनि म एउटा बिरानो ; 
कता-कता आफैभित्र नअटाएको

म कुवको भ्यागुतो
झुपडी मेरो छुट्टै संसार हो
त्यो भन्दा अरु खास केहि छैन
अमेरिका जस्तो राष्ट्रले चारो हाली पालेको
डेढ दसक नागिसक्दा; बर्षौ बितिसक्दा
म खाइलाग्दो भा'छु
अब मैले नुनको सोजो गर्नु पर्छ
दात्री राष्ट्र्का लागि गतिल्लो माछा(सिकार) पार्ने
बल्छिको चारो बन्नु पर्छ

त्यसैले म उतै जादैछु; जानुपर्छ
हस्ताक्षर भै'सक्यो
मलाई नरकबाट स्वर्ग लागिन्छ रे
कुवाबाट मलाई उतैको लागी झिकान्दैछ
मेरो संसार; प्यारो झोपडी छोड्नु पर्छ रे

म धेरै पटक झस्कन्छु; त्यै पनि
यो त लीलामी चोला; आफुलाई समाल्छु
स्वाभिमान; पुर्खेउली गरिमा र अस्तित्वका प्रशना चिन्नहरु
आज-भोली मलाई कोट्याउन सम्म आट गर्दैनन
थाहा भैसक्यो सबलाई;
म एउटा बलिको बोको

अँह हो,
म त बलिको बोको हुँ;
तिमी मलाई आमाको ममता नसम्झाउ
मलाई बाजेको आँशु 'नासो' नभिराउ
मलाई मेरो जातिको कुरा नगर
म आफ्नो भाषा बुझ्दिन; मातृभाषा जान्दिन;
अँह्! बरु उस्को भाषा बोल
म त उस्को भाषा बुझ्छु
उस्को इसारा नै मेरो लागि काफि!
किन भनेर सोद्धछौ होला!
उ त  मेरो दाता हो;
(अतिता उतै छोडेर आएँ)
 वर्तामान र भविश्य हो
किन कि मैले बाँच्नुछ
जिवन, जगत अनि रहस्य बुझ्नुछ
त्यसै त कसैको शरणमा सुम्पेको जिवन


तर याद गर!
बलिको बोको बाँच्यो भने
त्यो भन्दा भयँकर केहि हुनेछैन
एक दिन उस्ले संसार राज गर्ने छ
मरी हालेछ भने त चिन्तै छैन;
स्वार्ग बलिदान हुनेहरुकै हो
बस्! धिक्कार हुनेछ निर्दोषलाई लीलाम गर्नेहारुलाई





Comments

  1. This poem was written when writer's pen signed for resettlement.

    ReplyDelete

Post a Comment

Popular Posts