What is Love? - Nepali Poem





प्रेम के हो?
म बुझ्नै सकिरा' छैन;

त्याग, वा समर्पण?
लोभ, मोह, वा अभिलाषा?
आवस्यक्ता कि रहर/चाहना?

लडाई/सङ्घर्ष?
पिडा, जलन वा प्रतिस्पर्धा?
दन्ते कथा/कहानी?

जीवन, वा जिउने आधार?
(जन्म, मृतु, सुख, दुख, दिन/रात) को प्रेरणा?
(आकाश, पानी, पृथ्वी, हावा र आगो) पंचतत्व?

वास्तविक्ता कि नाटक?
रहस्य खोज कि पागलपन?

कसैको हाँसो कि कसैको रोदन?
चित्कार वा गित/गजल?
शब्द कि संगीत?

पाप कि धर्म?
मूर्त कि अमूर्त?
क्षणिक कि सदाबहार?

सन्तुष्टि?
संसारिक कि अध्यात्मिक?
मोज मस्ती कि सङ्कट?
आनन्द कि सतावट?

परम्परा/संस्कृति, सनातन कि आधुनिक?
सम्बन्ध, अपनत्व वा आफ्नोपन?
मित्रता भाव/भाईचारा कि सत्रुता भाव/दुस्मनी?

आमाको ममता कि जीवन-संगीको खुशी ?
परिवारको स्नेह कि मित्रताको लहर ?

बन्धन कि स्वतन्त्रता?
आशा कि निराशा?
उज्यालो कि अन्धकार?

प्रकृति?
तपस्या?
शक्ती?

सबै थोक हो कि
केही पनि होईन?

कि संसार निरन्तर चलिरहने एउटा आधार? वा
जीवन सन्तुलनको लागि कसैले निर्माण गरेको व्यवस्था पद्धति?

आखिर माया के हो?
म बुझ्नै सकिरा' छैन ...

Comments

Popular Posts