Nepali Poems by A.K. Rana Sampang 'Ekalabya'



म सोचिरहेछु ...



म सोचिरहेछु ...

यो तनाव होडबाजीमा त्यो शान्ती कसरी मुस्कुराउने
यि घात प्रतिघातहरुमा आत्मिय प्रेम कसरी मौलाउने
म सोचिरहेछु ...

पालुवाहरु जती नै नयाँ भएनी त्यै बुढो रुखको
आवजहरु जती नै ठुलो भएनी त्यै बुढो सोँचको
म सोचिरहेछु ...

यो जिवनले वस्तविक परिवर्तनको साहस कै'ले फेर्ने
युग परिवर्तनको नाउमा सभ्यताको भुषण कै'ले ओड्ने
म सोचिरहेछु ...

म सोचिरहेछु ...
म सोचिरहेछु ...





मेरा ओझेलका बिम्बहरु 


....
मेरा हरेक प्रायसहरु अर्ध रहन्छन 
मेरा हरेक कोपिलाहरु निमोठिन्छन 
मेरा समर्पणहरु हाँसो बनाइन्छन  
मेरा सृजनाहरु कुन्ठित हुन्छन ...
कसरी म भित्र ओझेलपरेका बिम्बहरुलाई म आकार दिउँ ? 
फेरी यिनिहरु प्रश्फुटन नभैइ 
मलाई राहात मिल्नेछैन 
मुक्ती एकादेशको काहानी झै हुनेछ । 

Comments

Popular Posts