Nepali Rubaiyat of 'Ekalabya'



हेर्नुस म रक्सी पिएर दुध पिएँ भन्न सक्दिन 
बेदनाको आँसु पिएर हाँसी जिएँ भन्न सक्दिन 
शिखरको सफल जिवन देख्लन उस्ले यहाँ मेरो
उस्कै निम्ती फाटेको मन सिएँ भन्न सक्दिन 

पिउन त रक्सी अर्कैले पिए धेरै तर मात्तिको छु म 
आफू बाँच्नुको कुनै अर्थ नहुँदा यहाँ लाट्टिएको छु म 
मेरो बारे नसम्झाऊ उस्लाई रक्सी झै रसिलो छैन म
आफूलाई आफ्नैले नबुझ्दा भित्र-भित्रै साट्टिएको छु म 

Comments

Popular Posts