Nepali Gajals by A K Rana Sampang


Gajal 1


उडि चन्द्र छुने रहर त्यो आजै किन हराएको छैन
समसानमा एक्लो हुँदा नि यो मन किन डराएको छैन

 
यो मन त उडिदिन्छ कता-कता टाडाको हरियाली तिर
आफ्नै आँखा अघी फकृएको फुल किन मनपराएको छैन

 
जुन तारा चम्किरहे जगत सारा देख्छु प्रगती पथमा
तर यो उमेरसम्म नि ज्यान कतै किन लहराएको छैन

 
नेपाली स्वाभिमान हिमशिखर देखी बेसी अझै झराएको छैन
आँसुसँगै गरीबी पिउँदा बिचल्लित भई यो मन किन कराएको छैन 
 

 








Gajal 2 



धेरै भो' मेरो नजरको बाटो तिमी आउँदा पनि आएनौ 
त्यो हाम्रो प्रीतिको गीत कतै गाउदा पनि गाएनौ 


अस्तव्यस्त छ जिन्दगी यहाँ मेरो त्यो बुझेरै होला 
यो अभागी को झुपडी तिमीले धाउदा पनि धाएनौ 


तिम्रो नाउँ लिई ओइलाए कैयौँ फुलहरु तिम्रै प्रतिक्षामा   
खैँ किन्न हो कुन्नी एक नजर यता लाउदा पनि लाएनौ


हजारौँ हजार पलहरु कती बिते कती छट्पटिमा
यो मन समाल्न एक पल मेरो छेउ छाउदा पनि छाएनौ 


तिम्रै खुशीको निम्ती कती पिडा सहेँ कती थाहा छैन 
म जिउदो लास भई बाँचेको खबर पाउदा पनि पाएनौ  


Comments

Popular Posts