Some Nepali Gajal - AK
गजल 1
विशवास टुटिन्दा
मरेतुल्य भइन्दो रहेछ कान्छी विशवास टुटिन्दा
सासै रोकिन्दो रहेछ कान्छी मुटु फुटिन्दा
थाहा थिएन कती चोटी मुर्खा बनायौ र बनेँ
ज्यानै गल्दो रहेछ कान्छी त्यो आशा लुटिन्दा
सपनाहरु ठुल्ठुला सजाएको थिएँ व्यार्थ भो' लाग्छ
उकुस्मुकुस हुइन्दो रहेछ कान्छी लक्ष्य नै छुटिन्दा
संचो मनले चोखो माया गरेँ तर सकिन मन जित्न
सब अंधकार हुदो रहेछ कान्छी आशा नै भुटिन्दा

गजल 2
किन बन्छौ जुद्धकिन गर्छौ युद्ध
"विशवा शान्ति" भन्दै
किन भुल्छौ बुद्ध
किन गर्छौ युद्ध
दुई दिने सबै
किन हुन्छौ लुब्ध
किन गर्छौ युद्ध
मन सधैँ पापि
किन हुन्न शुद्ध
किन गर्छौ युद्ध
गजल 3
खोइ ?
धर्म खोइ ? धर्मी भनौदाहरुमा त पाइन्छ पापै पापसत्य खोइ ? सत्यवानहरुमा पनि त झुट्को छापै छाप
कलिको युग भएरै होला महर्षी भनौदा त ठग्छन यहाँ
आस्था खोइ ? विश्वास माथी त देखिन्छ छलको खापै खाप
चोखो माया र विश्वास पाउन कुर्नु पर्ने भो' सत्य युग
प्रेम खोइ ? सबतिर छाएको छ आतङ्कको चापै चाप
सुरक्षित महसुस गर्ने दिनहरु सायद सकिए अब
शान्ति खोइ ? जता जाउँ त्यतै त्रास अशान्तिको रापै राप
गजल 4
फुलबाट खुस्बु अलिकती चोर्न पाएँ हुन्थियोआँखाबाट खुशी चाहेजती सोर्न पाएँ हुन्थियो
आकाशको पंछी झै स्वातन्त्र उढ्ने मेरो मन
सिमा तोक्ने राजनितिलाई तोड्न पाएँ हुन्थियो
प्रेम सदभावले हेरे हामी सबै एकै मानव
परिचयको होड्बाजी अन्तै मोड्न पाएँ हुन्थियो
मन भित्रको स्वच्छ माया पाउन आतुर म
त्यो मनसँग यो मन यसो जोड्न पाएँ हुन्थियो
अशान्ति फैलाउने भाँडो त्यो फोर्न पाएँ हुन्थियो
सुसमाज बसाउने एउटा गिता कोर्न पाएँ हुन्थियो
Comments
Post a Comment