Some Rubaiyat Verses From My Old Diary

 

आँखाको भाका आँखैबाट बुझिदिने कोही पाइएनँ

मनको कुरा मनैले सुनिदिने कोही पाइएनँ

आधिबेरि‘ सुनामी सहदै एकलई बसन्त छरी हिडेँ

जिवनका रहरहरु खुशीसँगै उनिदिने कोही पाइएनँ

 

...

 

पहिले जिवन हेरेर कबिता बनाएँ

र फेरी जिवन भेटेर कबिता बनाएँ

अनी त्यो जिवन छामेर कबिता बनाएँ

सत्य हो, जिवन दुखेर कबिता बनाएँ

 

...

 

 

मेरो भाईले बेहोसिमा सोमरस पिउदा म आँसु पिउँदै थिएँ

तिम्रो वियोगमा फाटेको मन म एक्लहै सिउँदै थिएँ

"नयाँ जिवनको खोजि" एक्कासी मभित्र खै के बोल्यो

युगले ठगेको सन्तान म अन्धकारमा भौतारी जिउँदै थिएँ

 

....

 

थोरै-थोरै भन्दा-भन्दै कहिले-काही त अति हुन्छ

जोगाउँदा-जोगाउँदै कहिले-कही अन्जानमै खती हुन्छ

अब कुन कुराले कतिखेर सिमा पाउँछ भनुँ म तिमीलाई

भावानामा बग्नेहरुको कहिले-काही यस्तै गती हुन्छ

 

...

 

 

हर पल हर छण तिम्रो यादले यहाँ मलाई सताउँछ किन ?

तिम्रो आकृती र मधुर त्यो भाकाले घरि घरी मताउँछ किन ?

भावाना भ्रम मात्र हो कि भनि धेरै चोती आफैलाई सोधेँ

तर! प्रतिउत्तरमा हरेक ढुक्ढुकिले तिम्रै नाम बताउँछ किन ?

 

...

 

Comments