थाहा छ-
जिन्दगी भन्नु भिरैभिरको उकालो दौडनु
वा
अक्करै अक्करको तेस्रो भएर लम्कँदे
गल्छी नै गल्छीको ओरालो हुत्तिँदै झर्नु मात्रै पनि होइन ।
यो पनि थाहा छ-
जिन्दगी पानीको फोका भएर क्षणभरमै फुट्नु वा
चट्टान झैँ कठोर आकृतिमा कँसिनु मात्रै पनि होइन ।
समग्रमा- जिन्दगी हो नै त्यस्तो
जसको असीमित परिभाषा बाँचेर
भ्रमको सुन्दर सपनालाई ओथार्दै
आशाका असंख्य अण्डा सम्भावनाहरु कोरल्दै
कहिल्यै नकाडिने रहरका चिङ्नाहरुको कल्पनामा
व्यर्थ र फगत समय गुजार्नु मात्र हो ।
मृत्युसँगको सम्झौतालाई तोड्ने
असफल षडयन्त्रको ध्याउन्नमा पासो थापेर
नथाकिने प्रयासमा
फरक यति छ कि-
कसैले सुन्दरता देखे
कसैले हार वा जित
कतै प्रमे वा घृणा
अनि
कोही निरर्थक बाँच्ने रङ्गमन्चमा नाचे ।
थाहा छैन
म कुन चरणबाट बुभुन खोख्दे छु जिन्दगीलाई ।
Comments
Post a Comment