"स्वीकारोक्ति साहित्य र स्वीकृत सिद्धान्तमा आधारित रुबाइयत"



खुला आकाशमा चम्कन्छौ भने त्यो तारा तिम्रै हो 
सधा प्रगती पथमा लम्कन्छौ भने यो सारा तिम्रै हो  
जिवन; जन्म र मृतु बिचको लीला यो सुइकार्य छ 
बाँचुन्जेल के लिन्छौ के दिन्छौ त्यो अभिभारा तिम्रै हो 





जन्मदेखी मृतु अनि मृतुपरान्त सासन चलिरहन्छ सत्यको 
वास्ताविक्तालाई स्विकार्नु नै हो मुल सार जिवन दर्शनको 
अस्तित्वको खोजिमा कतै भएको अस्तित्व नै गुम्दै छैन ? 
बाँच्नुको अर्थ गौरवमय बनाउनमै झल्कन्छ सान जिवनको 

Comments