Some Latest Rubaiyat
आफू; वस्ताविक म भएर जिउन सिकेको छु यहाँ
के भन्छौ, एउट सम्मृद्ध जिवन देखेको छु यहाँ
आफु नमरी स्वर्ग देख्नेको कुन कुरा सुन्नु र मन्नु
स्वातन्त्रको गित; जिन्दगीको अर्थ भेटेको छु यहाँ
केहि नभए पनि यहाँ नयाँ जिवन जिउने आशा त छ
हरेक व्यक्तिको आँखामा मुस्कुराउने मिठो भाषा त छ
त्यो अन्योल्त; दु:ख-कस्ट; भयको संसारबाट मुक्त हुँदै
स्वातन्त्र भई अधुरो सपना पुरा गर्ने त्यो अभिलाशा त छ
पल-पल रङ्ग बधल्ने यो संसार साच्चै नौँ रङ्गी हो
आफ्नै मुटु रेटि-रेटी दु:ख-गित सुनाउने साराङ्गी यो
खुशी ल्याउन रेट्दा-रेट्दै खिही सक्यो यस्को दुब्लो तार
अत: यो तिम्रो स्वार्थी संसारले दुखेरै जिवन बैरागी भो'
तिम्रो माया हरेक छण आफु एक्लो हुँदा महसुस गरेको छु
त्यो पल कसरी भन्नौ पराहिको तिमी हुँदा म जिउदै मरेको छु
त्यो कथा-व्यथा सम्झन चाहन्न; त्यो पल दोरिएको सहन्न
नौँलो सँसारमा अतित भुलाएर फेरी जिउँने अभिलाशा भरेको छु
आफूसँग हुँदा छदै थियो; तिमी पराहिको हुँदा पनि त माया गरेकै थिएँ
तिमी टाडिएको पल यो मुटु धुरुधुरु रुदा पनि त माया गरेकै थिएँ
मलाई सम्झी फर्की आयौ र फेरी अर्कैसँगा जादै छौ; स्वतन्त्र तिमी
त्यो घात-बियोगको आँशुले आफुलाई धुदा पनि त माया गरेकै थिएँ
कती कुरा यहाँ आफुले चाहेर पनि गर्न सकिन्न रहेछ
मुटु भरी कसैको माया भएर पनि भन्न सकिन्न रहेछ
सुने जस्तो; देखे जस्तो सो चे जस्तो सजिलो कहाँ हुन्छ र
आफ्नो सबै कुरा दिएर पनि माया भर्न सकिन्न रहेछ
तिमी माया दिनलाई हो भन्छौ भने मागे भन्द बडी दिएकै छु
आफुलाई च्यती तिमी फाटेको चोली त्यो हरेक चोटी सिहेकै छु
भए जती सिद्धिएर ज्यानै सुम्पिएको थिएँ तै' पनि तिमीलाई पुगेन
निस्टुरि-स्वार्थी तिमी कि म; सम्झि-सम्झी अज-भोली पिएकै छु
Comments
Post a Comment