यो जिन्दगी कसैलाई ...

यो जिन्दगी कसैलाई ...

यो जिन्दगी कसैलाई अवसरको मूल भयो
यो जिन्दगी कसैलाई बन्देजको झूल भयो

शान्तिको नाउँमा कैयौँ अपहेलना स्विकारिरहेँ
आँसु पिउनु भाग्य ठानी आफैलाई धिक्कारिरहेँ
यो जिन्दगी कसैलाई मरोभूमिको फुल भयो
यो जिन्दगी कसैलाई अवसरको मूल भयो

बुद्धको सन्तान आफू बेचिन्दा नि हाँसिरहेँ
मेरो अस्तित्व मास्न खोज्नेहरुबिच नै बाँचिरहेँ
यो जिन्दगी कसैलाई अनजानको भूल भयो
यो जिन्दगी कसैलाई अवसरको मूल भयो

मानवताको रक्षा गर्ने पुर्खाको रगत छ ममा
विरताको गाथा माटोको सुगन्ध ताजै छ ममा
यो जिन्दगी कसैलाई युद्धभूमिको 'टूल' भयो
यो जिन्दगी कसैलाई अवसरको मूल भयो 



यो जिन्दगी कसैलाई ...
 

Comments

Popular Posts